शनिबार संखुवासभाको धर्मदेवी नगरपालिका-९ मूलगाउँबाट झापाको दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका-१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। घाइते हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका-९ का २३ वर्षीय सविन विष्ट, धर्मदेवी-७ का २५ वर्षीय भवानी कार्की, सात वर्षीया असीमित भारती, नौ वर्षीया हीर
Posted inSamachar
संखुवासभाबाट झापा जाँदै बस पल्टिँदा १४ जना घाइते

