राणा शासनकालमा मकवानपुरको भीफफेदी काठमाडौँ प्रवेश गर्ने मुख्य प्रवेशद्वार थियो। काठमाडौँ र तराईलाई जोड्ने प्रमुख विन्दु थियो। अनि नेपालका राजाहरू, राणा र विदेशी पाहुना तराईका जंगलमा सिकारका लागि प्रस्थान गर्ने स्थल थियो भीमफेदी। यही भीमफेदीमा छ राणाकालीन हात्ती संग्रहालय। कुनै समय बेलायती महारानी एलिजाबेथ द्वितीयजस्ता विशिष्ट पाहुनाहरूको साक्षी बनेको यो स्थल अहिले भने संरक्षण र प्रचारको अभावमा ओझेलमा परेको छ। बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा अवस्थित यो संग्रहालय संरक्षणको पर्खा
Posted inSamachar
संरक्षण र प्रचारको पर्खाइमा भीमफेदीको हात्तीसार संग्रहालय

