गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द सुरु हुने बताएका हुन्। संविधान निर्माणको लागि २० वर्ष लागेको उनले स्मरणसमेत गरे। यो संविधान असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसक्ने उनको दाबी छ। ‘एउटा संविधान निर्माणको लागि २० वर्ष लाग्दो रहेछ। यो संविधानको असफलतापछि मुलुकमा उत्पन्न हुने द्वन्द्व, आज हामी द्वन्द्वको कुरा गर्दैछौँ, आजको द्व
Posted inSamachar
संविधानलाई असफल गर्ने छुट कसैलाई छैन: गृहमन्त्री लेखक

