पूर्वराष्ट्रपति डा रामवरण यादवले सम्बन्धित सरोकारवालालाई जेनजीको माग सम्बोधन गर्न सुझाएका छन्। शुक्रबार एक वक्तव्य जारी गर्दै संविधानकै सही कार्यान्वयनबाट जेनजीको माग सम्बोधन सम्भव रहेको बताएका हुन्। उनले भदौ २३ गते सोमबार जेनजी ब्यानरमा युवा तथा किशोर–किशोरीहरूको जुलुस प्रदर्शनको क्रममा भएको अकल्पनीय हिंसा, आगजनी, तोडफोड र लुटपाटका घटनाले सिंगो मुलुकलाई नै कम्पित एवं स्तब्ध तुल्याएको उल्लेख गरेका छन्। यस घटनाबाट व्यक्तिगत रूपमा आफू अत्यन्त दुःखी र मर्माहत भएको उनले जनाएका छन्।‘
Posted inSamachar
संविधानले प्रदान गरेको मार्गचित्रलाई पछ्याउनु नै एक मात्र उपाय हो: पूर्वराष्ट्रपति यादव

