सभामुख देवराज घिमिरेले संसद्ले बनाउने कानुनले नै संघीयताको मर्म र भावनालाई ठोस आकार दिने बताएका छन्। ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रदेश र स्थानीय तहका अधिकारीहरुलाई सबलीकरण गर्ने, तीन तहबीचको सम्बन्धलाई सुदृढ र प्रभावकारी बनाउने तथा वित्तीय स्रोतको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने कानुनी खाका तयार पार्ने हाम्रो प्रमुख दायित्व संसद्को भएको बताए। ‘संघीय संसदले बनाउने कानूनले नै संघीयताको मर्म र भावनालाई मूर्त रुप दिने
Posted inSamachar
संसद्ले बनाउने कानुनले नै संघीयताको मर्म र भावनालाई ठोस आकार दिन्छ: सभामुख घिमिरे

