उनले सधैँ अरुलाई हँसाउने काम गरे। पिरमा परेर झोक्राई रहेकाहरुमा खुशीका तरंग उत्पन्न गराए। पूरै जीवनको उर्जाशील समयमा हाँस्यव्यंग्य क्षेत्रमा बिताए। त्यही विधामा मिडिया उद्योग चलाए। सञ्चार विधा जुन भए पनि उनले सधैँ एउटै काम गरे– अरुलाई हँसाउने, अरुको अनुहारमा मुस्कान ल्याउने। रेडियोका स्रोताहरुले उनलाई प्रेरणाको स्रोत, हाँस्यव्यंग्य उत्प्रेरकको रुपमा चिन्छन्।सधैँ हाँसो र व्यंग्यको क्षेत्रमा काम गरेका उनै दीपेन्द्र खनियाँले आइतबार जीवन अन्त्य गरेका छन्। उनले वानेश्वर थापागाउँस्थित ऋषिकेश भट्
Posted inSamachar
सञ्चारकर्मी दीपेन्द्र खनियाँ: जीवनभर हाँसोको पुल बाँधे, पार गर्न सकेनन् निरासाको खाडल

