लगातार दुई दिनदेखिको वर्षाका कारण सप्तकोसी नदीमा जलसतह बढ्दै गएको छ । नदीमा जलसतह बढ्न थालेसँगै कोसी ब्यारेजका १६ वटा ढोका खोलिएका छन्।गएरातिको मापनमा ब्यारेज भएर बहने पानीको सतह १ लाख ३४ हजार ५५५ क्युसेक पुगेपछि १६ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।गत असोज १९ गते नदीमा पानीको प्रवाह अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका थिए । त्यसपछि केही समयसम्म प्रवाह घटेको भए पनि बिहीबार देखिको अविरल वर्षाका कारण आज साँझदेखि सप्तकोशीमा पुनः पानी
Posted inSamachar
सप्तकोसीमा पानीको बहाब बढेपछि खोलिए ब्यारेजका १६ ढोका

