विगत तीन दिनदेखि ललितपुरको गोदावरीमा जारी सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सक्ने तयारी छ। एमाले नेता डा.काँशीनाथ अधिकारीले आइतबार बिहान नेपालखबरलाई दिएको जानकारी अनुसार समसामयिक प्रस्ताव पारित गरेर आजै साँझसम्म महाधिवेशन सम्पन्न हुने छ। तेस्रो दिनको कार्यक्रम आइतबार बिहान नौबजेदेखि सुरु भएको छ। महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि शनिबार १० वटा समूहबीको विमर्श सकिएको छ। विमर्शका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह बनाइएको थियो।&nbs
Posted inSamachar
समसामयिक प्रस्ताव पारित गर्दै एमालेको विधान महाधिवेशन आज सक्ने तयारी

