नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरुसँग अन्तरक्रिया गर्दैछन्। सत्ताच्युत भएपछि वर्तमान सरकारविरुद्ध कटाक्षपूर्ण अभिव्यक्ति दिँदै आएका ओलीले आइतबार दिउँसो एक बजे ललितपुरको रामबाग महलमा सम्पादकहरुसँग छलफल गर्न लागेका उनको सचिवालयले जानकारी दिएको छ। प्रेस चौतारीले कार्यक्रम आयोजना गरेको हो। एमाले केन्द्रीय कमिटीको बैठक पनि रामबाग महलमै भएको थियो।
Posted inSamachar
सम्पादकहरूसँग अन्तरक्रिया गर्दै एमाले अध्यक्ष ओली

