सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यकारी अध्यक्ष नियुक्त नगर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले निगमको कार्यकारी अध्यक्ष नियुक्त नगरिने जानकारी दिए। निगमको वरिष्ठ अधिकारीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइने रावलले बताए।‘युवराज अधिकारी दोहोरिँदैनन्। नयाँ नियुक्ति पनि गरिँदैन। जो वरिष्ठ छन् उसबाटै काम चलाइने छ’, रावलले नेपालखबरसँग भने। प्रधानमन्त्री कार्की नै हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन्। २०७८ कात्त
Posted inSamachar
सरकारले नेपाल एयरलाइन्सको अध्यक्ष नियुक्त नगर्ने

