कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकार आगामी फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। देशभर तोकिएको मितिमा चुनाव नहुने आशंका भइरहेका बेला मन्त्री सिन्हाले सरकार यसको तयारी र जिम्मेवारीबोधका साथ अघि बढिरहेको बताएका हुन्।सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले जेनजी आन्दोलनपछि विचलित बनेको संवैधानिक प्रक्रियालाई पुनः सही बाटोमा ल्याउनु नै वर्तमान सरकार गठन
Posted inSamachar
सरकारले समयमै निर्वाचन गर्नुको विकल्प देखेको छैन : मन्त्री सिन्हा

