सरकारले साउन महिनालाई डेंगी सचेतना महिनाको रुपमा मनाउने धोषणा गरेको छ। लामखुट्टेको टोकाईबाट सर्ने डेंगी संकमणबारे जनचेनता फैलाउन यस्तो निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए। स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेले नागरिकमा सचेतना जगाउन सके डेंगी संक्रमण कम हुने विश्वास व्यक्त गरे। सरकारले यस वर्ष ६० हजारभन्दा धेरैलाई डेंगी संक्रमण हुने अनुमान गरेको छ।
Posted inSamachar
सरकारले साउनभर डेंगी सचेतना अभियान चलाउने

