सर्लाहीमा अपरिचित व्यक्तिले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति आठ बजेर २० मिनेट जाँदा हरिपूर्वा नगरपालिका- ६ घर भएका ४० वर्षीय रामपुकार यादवलाई दुई जनाको संख्यामा आएका अपरिचित व्यक्तिले गोली हानेर हत्या गरेका हुन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार आफ्नै घरमा छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अपरिचित व्यक्ति आएर यादवमाथि गोली प्रहार गरेका थिए।मोटरसाइकल चढेर आएका ती मानिसले पेस्तोलबाट यादवको टाउकोमा गोली हानेका प्रत्यक्षदर्शीले बताएका छन्। गोल
Posted inSamachar
सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार

