सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका–१२ घारिबथान निवासी ५० वर्षीया सीता परियारको गोमन सर्पको टोकाइबाट गएराति मृत्यु भएको हो। सोमबार साँझ सुँगुरलाई चारो हाल्न गोठमा गएको बेला उनलाई गोमन सर्पले खुट्टामा दुई पटक डसेको थियो। सर्पको टोकाइबाट गम्भीर बिरामी परेकी उनलाई उपचारको लागि आफन्तले राति नै नवलपुरमा रहेकाे सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए। तर, अवस्था गम्भीर भएकाले त्यहाँ उपचार सम्भव नभएपछि भेन्टिलेटरको सुविधा रहेक
Posted inSamachar
सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु

