सर्लाहीको हरिपुर्वामा एक व्यक्तिलाई गोली हानेर मोटरसाइकलमा भाग्दै गर्दा दुर्घटनामा परेर एक जना घाइते भएका छन्। सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार गएराति गोली हानेर हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको हत्या गरिएको हो। स्थानीयका अनुसार गोली हान्न मोटरसाइकलमा दुई जना व्यक्ति आएका थिए। गोली हानिसकेपछि भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत नै पर्ने वसन्तपुरमा उनीहरू मोटरसाइकल दुर्घटनामा परेको डीएसपी राईले बताए। 
Posted inSamachar
सर्लाहीमा हत्या : गोली हानेर भाग्दै गर्दा मोटरसाइकल दुर्घटना, घाइते अवस्थामा पक्राउ

