गत चैतको १३ गते तातो घाम तातिँदै गएको थियो । सुनसरीको इटहरीको मुख्य चोक सेन्टर प्लाजामा एकाएक बिहान करिब १० बजेदेखि आगो सल्किन थाल्यो । भिडभाड रहने इटहरीको मुख्य केन्द्रमा रहेको सेन्टर प्लाजा अचानक धुवाँको कालो पर्दाले ढाकिसकेको थियो । दशतले प्लाजाको पाँच तलाबाट आगो सल्किन थाल्यो । विस्तारै धुवाँको मुस्लो बढ्दै गयो । आगोको लप्का माथिल्लो तलातिर सर्न थाल्यो।आगो निभाउन सँगै मान्छेको उद्धारमा त्यतिबेला सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको थियो । सीमित स्रोतको बाबजुत सङ्कटका बेला ज्यानको वास्ता नगर
Posted inSamachar
सशस्त्र प्रहरी बल: जीवन बचाउने मिसनदेखि सीमा रक्षासम्म

