नेपाल सहित संसारका विभिन्न देशमा आज सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ। पुराना मूर्तिकला, चित्रकला, हस्तकला, ऐतिहासिक स्थल र अन्य सांस्कृतिक सम्पत्तिको चोरी तथा अवैध तस्करी रोक्न चेतना फैलाउने उद्देश्यले यो दिवस मनाइँदै आएको छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा पाँच वर्षअघिदेखि आजको दिनलाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति सङ्गठन (युनेस्को)ले नेपालजस्तो सांस्कृतिक धरोहरले समृद्ध देश
Posted inSamachar
सांस्कृतिक सम्पत्ति ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदै

