चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा नेपालको निर्यात ९५.७५ प्रतिशतले बढेको छ। गत वर्षको तुलनामा नेपालले सो दरले वस्तु निर्यात बढाएको हो। गत वर्ष नेपालले साउन महिनामा कुल १२ अर्ब २२ करोड ६१ लाख ४७ हजारको निर्यात गरेकोमा यस वर्ष २३ अर्ब ९३ करोड २४ लाख ४१ हजारको निकासी गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। त्यसैगरी यस अवधिमा आयात ११.४२ प्रतिशतले बढेको देखिएको छ। गत वर्ष १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजारको आयात गरेको नेपालले यो वर्ष १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजारको
Posted inSamachar
साउनमा निर्यात ९५.७५ प्रतिशतले बढ्यो

