दुई दशकदेखि सिनेमा अध्यापन गर्दै आएको अस्कर इन्टरनेशनल कलेजले साउन ४ गते आइतबार फिल्म साक्षरता अभियान सञ्चालन गर्ने भएको छ।कलेज परिसरमा हुने एक दिने साक्षरता अभियानमा निर्देशन, पटकथा लेखन, अभिनय, छायांकन आदि विधाका आधारभूत कुराहरू सिकाइने प्रधानाध्यापक रामराजा दाहालले जानकारी दिए। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म साक्षरता अभियानमा कलेजका विद्यार्थीद्वारा बनाइएका केही उत्कृष्ट सिनेमासमेत प्रदर्शन हुनेछन्। कार्यक्रममा सिनेमाप्रति इच्छुक नयाँ पुस्ताका सय जनाभन्दा बढीको सहभागिता हुने अपेक्षा छ
Posted inSamachar
साउन ४ मा अस्कर कलेजमा हुँदै फिल्म साक्षरता अभियान

