काठमाडौंमा जुवातास खेल्ने खेलाउने २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ लुङकोटका दिवाकर महर्जनको घरको घरमा जुवातास खेलिरहेका तथा खेलाउने गरी १५ पुरुष र ६ जना महिलालाई प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट प्रहरीले १६ लाख ५३ हजार रुपैयाँ पनि बरामद गरेको छ।
Posted inSamachar
साढे १६ लाख रुपैयाँसहित २१ जुवाडे पक्राउ

