वैशाखदेखि हालसम्म तीन हजार दुई सय ८१ विपद्का घटनागत वैशाखदेखि भदौ १४ गतेसम्म देशभर कूल तीन हजार दुई सय ८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, विपद्मा परेर २२ जना बेपत्ता भए भने सात सय ७४ जना घाइते भएका छन् । त्यसबाट पाँच हजार नौ सय ६३ परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार सो अवधिमा घटेका विपद्का घटनामा सबैभन्दा धेरै आगलागी भएको छ । कूल एक हजार एक सय ९७ आगलागीका घटना भएका छन्।
Posted inSamachar
साढे ४ महिनामा विपद्का घटनामा परेर २०७ जनाको मत्यु, २२ बेपत्ता

