बाराको सिमरामा जेनजीलाई कुटेको आरोप लागेका नेकपा एमालेका कार्यकर्ता अरबिन्द साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई बिहीबार साँझ पक्राउ गरिएको मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए। जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जितपुर सिमरा उपमहानगरपालिकाका-२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अन्सारीलाई पक्राउ गरेको थियो। गएको बुधबार एमालेले सिमरामा गर्न लागेको कार्यक्रमका क्रममा जेनजी र एमाले कार्यकर्ताबीच झडप हुँदा
Posted inSamachar
सिमरामा जेनजी कुटेको आरोपमा एमाले कार्यकर्ता अरबिन्द साह पक्राउ

