प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले प्रदान गर्ने शैक्षिक प्रमाणपत्रमा क्यूआरकोड समावेश हुने भएको छ। परिषद् अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरले आज सूचना जारी गर्दै आईटीएमएस अनलाइनबाट जारी हुने डिप्लोमा/ प्रमणपत्र तहको ट्रान्सक्रिप्टमा र प्रि -डिप्लोमा तहको मूल प्रमाणपत्रमा आजदेखि लागू हुनेगरी क्यूआर कोड समावेश समावेश गर्न लागिएको हो। यससम्बन्धी सूचना परिषद्को वेबसाइटमा पनि हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
Posted inSamachar
सीटीईभीटीले जारी गर्ने प्रमाण-पत्रमा अब क्यूआर कोड

