भारत र चीनले लिपुलेक भञ्ज्याङलाई साझा व्यापार विन्दु बनाउने पुनः सहमति गरेपछि नेपालसँगको सीमा विवाद फेरि सतहमा आएको छ। सन् २०१५ मा जस्तै नेपालले त्यसमा पुनः आपत्ति जनाएको छ। विषयका हिसाबले यो विवाद नयाँ होइन। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारत भ्रमणको पूर्वसन्ध्यामा सतहमा आएकाले थप चर्चाको विषय बनेको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भन्नेमा कुनै द्विविधा छैन। नेपालमा यस विषयमा राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरेर अविभाज्य भूमिका रूपमा स्थापित गरिएको छ। कुनै एक
Posted inSamachar
सीमा विवादको कूटनीतिक आयाम

