प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन्।नेपाल सरकार (मन्त्रिपरिषद्) को साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए।प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन्।
Posted inSamachar
सुख्खा तराईमा प्रधानमन्त्रीको नजर (तस्बिरहरू)

