बलिउड अभिनेता शाहरुख खान आफ्नो फिल्म किङको छायांकनका क्रममा घाइते भएका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको गोल्डेन टोब्याको स्टुडिओमा एक्सन दृश्य छायांकन गर्दा उनी घाइते भएका हुन्।बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘शाहरुख कहिले र कहाँ घाइते भए भन्नेबारे अझै थाहा छैन, तर उनी आफ्नो टोलीसँग उपचारको लागि अमेरिका गएका छन्।’मांसपेशीमा चोट लागेका कारण शल्यक्रिया भएको र डाक्टरहरूले उनलाई एक महिना आराम गर्न भनेका छन्।
Posted inSamachar
सुटिङका क्रममा घाइते भए शाहरुख, अमेरिकामा गरियो अपरेसन

