सुदन गुरुङको ‘द काउन्सिल अफ जेनजी’का ६ जना प्रदेश संयोजकसहितका जेनजी अगुवा ऊर्जामन्त्री कुलमान घिसिङले खोल्ने दलमा सहभागी भएका छन्।बागमती प्रदेशकी संयोजक अफसाना बानु, मधेसका शिव यादव, गण्डकीबाट प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमबाट खेमराज साउद र कर्णालीबाट प्रकाश खड्का उक्त दलमा संलग्न भएका हुन्। अन्य केही अगुवा पनि सो पार्टीमा जाने उनीहरूको भनाइ छ।उनीहरूलाई केन्द्रीय सदस्य बनाइने छ। कुलमानले उज्यालो नेपाल नामक दल दर्ताका लागि निवेदन दिने अन्तिम तयारी गरेका छन्
Posted inSamachar
सुदनको जेनजी काउन्सिलका ६ प्रदेश संयोजक कुलमानको दलमा केन्द्रीय सदस्य

