सुदूरपश्चिम प्रदेशको अपि नाम्पा संरक्षण क्षेत्रमा रहेको अपि हिमाल (७,१३२ मिटर) र ल्हायुल पिक (६,३९५ मिटर) मा पहिलो पटक ठूलो संख्यामा आरोहण हुने भएको छ।दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने अपि हिमाल सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल हो। हजारौं पर्यटक आरोहणको सम्भावना भएको अपि हिमालमा पर्यटकीय क्षेत्र प्रचारप्रसार, उपयुक्त मार्ग र आवश्यक पूर्वाधारको अभावका कारण ओझेलमा पर्दै आएको छ। हालै संघीय सरकारले सुदूरपश्चिम र कर्णालीका ९७ हिमाल आगामी दुई वर्षका लागि शुल्कमुक्त गर्दै आरोहण खुला गर्न
Posted inSamachar
सुदूरपश्चिमको अपि हिमाल प्रवर्द्धनका लागि बेस क्याम्पमा प्रशिक्षण र पहिलो पटक हिमाल आरोहण

