सुदूरपश्चिममा जेनजीको आन्दोलनका क्रममा उग्र प्रदशर्नकारीहरुले ६ सय ८८ सवारी साधनमा क्षति पुर्याएका छन्। प्रदेशका ९ वटै जिल्लाबाट अहिलेसम्म संकलित विवरणअनुसार १ सय १० चार पाङ्ग्रे र ६ सयभन्दा बढी दुई पाङ्ग्रे सरकारी सवारी साधनमा आगजनी र तोडफोडबाट क्षति पुगेको हो।कैलालीमा ६ सय ६७, कञ्चनपुरमा १७ र डोटीमा ४ सवारी साधनमा आगजनी र तोडफोड गरिएको प्रहरीले जनाएको छ।सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय, अदालत, प्रशासन, भन्सार लगायत कार्यालयमा राखिएका सवारी साधनमा आगजनी र तोडफोडबाट क्षति पुगेको छ।
Posted inSamachar
सुदूरपश्चिममा जेनजी आन्दोलनः २३३ भौतिक संरचना र ६८८ सवारी साधनमा क्षति

