सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएसँगै विश्वासको मत लिएका उनले उसकै सांसदको समर्थनमा फेरि विश्वासको मत पाएका हुन्। सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्तिका ७ सांसद छन्। यीमध्ये विश्वासको मत लिने बैठकमा १ सांसद कैलाश चौधरीमात्रै सहभागी थिए। उनले मुख्यमन्त्री शाहको पक्षमा मतदान गरे। अन्य ६ जना भने बैठकमै सहभागी थिएनन्। शाहले नाउपाको १ सँगै, आफ्नै दल नेपाली कांग्रेसको १८ र नेकपा एमालेको ११ सांसद
Posted inSamachar
सुदूरपश्चिममा नाउपा: पहिले समर्थन फिर्ता, अहिले दियो मुख्यमन्त्रीलाई विश्वासको मत

