सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीबीच झडप भएको छ।स्ववियू निर्वाचनसम्बन्धी संशोधित नियमावली खारेज हुनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थीहरुले लगाएको ताला तोडिएपछि नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी झडपको भएको हो। झडपपछि मंगलबार तोकिएको मनोनयन दर्ता स्थगित भएको छ। अर्को सूचना जारी नहुञ्जेलसम्म मनोनयन दर्ता प्रक्रिया स्थगित भएको निर्वाचन अधिकृत कर्णदेव भट्टले बताए।
Posted inSamachar
सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीका दुई पक्षबीच झडप, भाँडियो स्ववियु चुनाव

