सुनको मूल्य हालसम्मकै उच्च बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। आज सुनको मूल्य प्रतितोला एक हजार नौसय रुपैयाँ बढेर एक लाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो। गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। त्यसयता घटेको सुनको मूल्य फेरि अहिलेसम्मकै उच्च बनेको हो।हिजो सुनको मूल्य एकलाख ९६ हजार ६ सय रुपैयाँ थियो। गएको आइतबार पनि सुन प्रतितोला तीन हजार चारसय रुपैया
Posted inSamachar
सुनको मूल्यमा नयाँ कीर्तिमान, बन्यो अहिलेसम्मकै सबैभन्दा महँगो

