सुर्खेतको चौकुनेमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। सोमबार बिहान अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चौकुने गाउँपालिका-८ मा मायातालबाट गुडुतर्फ जाँदै गरेको से १ ह २७०० नम्बरको अटो अनियन्त्रित भइ सडकबाट करिब ४० मिटर तल खसेको छ। टाउकोमा गम्भीर चोट लागेका ५ महिने शिशुको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढाले जानकारी दिए। दुर्घटनामा चौकुने गाउँपालिका–५ भुयातालका २९ वर्षीय नवराज आले, माय
Posted inSamachar
सुर्खेतमा अटो दुर्घटना हुँदा ५ महिने शिशुसहित ७ जना घाइते

