ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ सोमबार भारत जाँदैछन्। उनी अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा सहभागी हुन भारत जान लागेका हुन्। उक्त कार्यक्रममा ४० बढी देशका ऊर्जा मन्त्रीहरू सहभागी हुनेछन्। नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य राष्ट्र हो। मन्त्री घिसिङ सोमबार दिउँसो १:४५ बजे भारत जाने कार्यक्रम तय भएको र उनको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको ऊर्जा मन्त्रालयले जनाएको छ। त्यस्तै गृहमन्त्री ओम प्रकाश
Posted inSamachar
सोमबार भारत जाँदै ऊर्जामन्त्री घिसिङ, मधेस झर्दै छन् ३ मन्त्री

