शुक्रबार नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त भएका चन्द्रकुबेर खापुङ ३२ वर्षपहिले भने शाखा अधिकृतको तयारी गरिरहेका थिए। नेपाल ल क्याम्पसबाट स्नातक उत्तीर्ण गरेपछि उनी सरकारी जागिरकै तयारीमा थिए। २०५० सालतिर उनलाई प्रहरी नै हुन्छु भन्ने चाहिँ थिएन। तेह्रथुमका खापुङको परिवारले नयाँ बानेश्वरमा घर बनाउँदै थियो। कलेज पढ्दाका साथी बुद्धिराज गुरुङ र विष्णुकुमार केसीले घरमै पुगेर नेपाल प्रहरीको इन्स्पेक्टर (प्रहरी निरीक्षक) मा भर्ना खुलेको सुनाए। गुरुङ र खापुङ कलेजमा भेटिएका पहिलो साथी हु
Posted inSamachar
‘सोर्सफोर्स छैन, इन्स्पेक्टर भइँदैन’ भन्थे खापुङ, आईजीपी भए

