रोल्पामा अरिंगालले टोक्दा एकजना स्कुले बालकको मृत्यु भएको छ। अरिंगालको टोकाइबाट अन्य पाँचजना बालबालिका गम्भीर घाइते भएका छन्। त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित वीरेन्द्र माविमा अध्ययनरत सात वर्षीय मोहन परियारको अरिंगालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार विद्यालयबाट तिला जंगलको बाटो हुँदै घर फर्कँदै गरेका सातजना बालबालिकाको समूहलाई अरिंगालले टोकेको थियो। अरिंगालको टोकाइबाट गम्भीर बिरामी परेका मोहन परियारको रोल्पा अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो
Posted inSamachar
स्कुलबाट घर फर्किँदै गरेका ७ वर्षीय बालकको अरिंगालको टोकाइबाट मृत्यु

