एकबारको जुनी हो, कहिले क्यान्सर हुनी होमेरो अरु को नै छ र डाक्टरयो ज्यान पर्यो तिम्रै भर…प्रायः खचाखच भरिने पाटन अस्पतालमा गायक हेमन्त शर्माले यो गीत गाइरहँदा धेरैको ओठमा हल्का मुस्कान फुट्यो। स्तन क्यान्सर भएकी श्रीमतीको उपचार गराईरहेका शर्माले गीत मार्फत आफ्नो पीडा र चिकित्सकप्रतिको भरोसा दर्शाइरहेका थिए। पाटन अस्पतालको हलमा स्तन क्यान्सर जितेका र क्यान्सरसँग जुधिरहेका धेरै महिला उपस्थित थिए। क्यान्सरबारे जनचेतना फैलाउन गरिएको कार्यक्रममा पुगेका अधिकांशले गीत गाउन शर्मालाई साथ दिए।
Posted inSamachar
स्तन क्यान्सरसँग लडिरहेकाहरूको कथा : अब बाँच्छु जस्तो लाग्छ

