वागीश्वरी आध्यात्मिक परिषद्अन्तर्गत योगी नरहरिनाथ आश्रम गौ संरक्षण केन्द्र, वागीश्वरी (भरतपुर) मा आज गाई तथा गोवर्द्धन पूजा गरिएको छ। विगतका वर्षहरूझैँ यस वर्ष पनि तीनदिनसम्म सामूहिक रूपमा गौ पूजन कार्यक्रम सञ्चालन गरिएको हो। आज अन्तिम दिन गाई तथा गोवर्द्धन पर्व मनाउँदै विशेष पूजा गरिएको आश्रमका अध्यक्ष अशोक पोखरेल शर्माले जानकारी दिए। उनका अनुसार वागीश्वरीमा विसं २०६३ देखि स्थानीय गाईको संरक्षण गर्ने उद्देश्यले सामूहिक रूपमा गौ पूजनको परम्परा सुरु गरिएको हो। यस अवसरमा स्थानीय जातका गाईको ग
Posted inSamachar
स्थानीय गाईको संरक्षण गर्दै वागीश्वरीमा गौ तथा गोवर्द्धन पूजा

