हङकङमा टाइफुन संकेत नम्बर १ जारी भएको छ। गम्भीर आँधी फङवङ सहरतर्फ नजिकिँदै गर्दा सोमबार दिउँसो अब्जर्भेटरीले टी१ चेतावनी संकेत जारी गरेको हो।आँधी मंगलबार राति र बुधबारको बीचमा झन् नजिक आइपुग्ने अनुमान गरिएको छ। जसले गर्दा मंगलबार उच्च चेतावनी संकेत जारी हुनसक्ने अब्जर्भेटरीले जनाएको छ।आँधी सहरबाट आठ सय किलोमिटरको दूरीभित्र प्रवेश गरिसकेको र अब यो दक्षिण चीन सागरको उत्तरपूर्वी भागतर्फ मोडिने पूर्वानुमान गरिएको छ। बुधबारसम्ममा सबैभन्दा नजिक चार सय किलोमिटरको दूरीमा आइपुग्नेछ।आज राति तटीय क्षेत्रहर
Posted inSamachar
हङकङतर्फ नजिकियो गम्भीर आँधी फङवङ, टी१ संकेत जारी

