हङकङ अब्जर्भेटरीले सोमबार नम्बर १ आँधी संकेत (टी१) जारी गर्ने भएको छ। आँधी फङवाङ हङकङनजिक आउने सम्भावना औँल्याउँदै उक्त संकेत जारी गर्न लागिएको हो। अब्जर्भेटरीका अनुसार हप्ताको मध्यतिर आँधी हङकङबाट चार सय किलोमिटरको दूरीमा रहनेछ।पूर्वानुमानकर्ताका अनुसार आँधी सोमबार दक्षिण चीन सागरमा प्रवेश गर्नुअघि फिलिपिन्सको लुजोनतिर सर्नेछ र ताइवानको वरपर उत्तरतिर जाने छ।हङकङ अब्जर्भेटरीले सोमबार दिउँसोतिर नम्बर १ संकेत जारी गर्ने तयारी गरेको छ।
Posted inSamachar
हङकङमा भोलि टी१ संकेत

