विगत ६ दिनदेखि काठमाडौँ उपत्यकामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटेको छ। नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्युको विषयमा जानकारी दिँदै आएको थियो। तर, आज भने सेना र स्थानीय प्रशासन कुनै पनि निकालये निषेधाज्ञा र कर्फ्यु सम्बन्धी सूचना जारी गरेका छैनन्। निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ। काठमाडौँ उपत्यकासँगै देशका विभिन्न जिल्लामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु पनि आज बिहानदेखि हटेको छ।
Posted inSamachar
हट्यो काठमाडौँ उपत्यकाको निषेधाज्ञा र कर्फ्यु

