नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी मिसन ०८४ मा रहेको बताएका छन्। उनले अबको निर्वाचनमा कम्तिमा एमालेले बहुमत ल्याउनुपर्ने पनि बताए। पार्टीको विधान महाधिवेशनलाई सम्बोधन पार्टीका सारा कमिटी परिचालन गरेर बहुमत ल्याउनुपर्ने बताएका हुन्। 'हामी यतिबेला मिसन ०८४ मा छौँ। अबको निर्वाचनमा हामीद्ये एकल बहुमत ल्याउनुपर्दछ कम्तिमा। यदि हामी जनताका बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सबै कमिटी र कार्यकर्ता परिचालन गरेर गयौँ भने बहुमत ल्याउन कसैले पनि रोक्न सक्दैन,' ओलीले भने
Posted inSamachar
हामी मिसन ०८४ मा छौँ, अबको निर्वाचनमा कम्तिमा एमालेले बहुमत ल्याउनुपर्छ: केपी ओली

