पोखराबाट सिन्धुली फर्केको हायु परिवारका पाँच सदस्यले काम सुरु गरेका छन्। परिवारका बालबालिका पनि विद्यालय पनि भर्ना भएका छन्।गोलञ्जोर-६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठले उनीहरूलाई कामको व्यवस्था गरिदएका हुन्। साउन ९ गते शुक्रबार आफ्नो थातथलो नै छोडेर पोखरा पुगेको हायु परिवारलाई ११ दिनपछि श्रेष्ठले फिर्ता ल्याएर आफ्नै पुरानो घरमा राखेका थिए।वडाध्यक्षले श्रेष्ठले हायु परिवारका दुई छोरा र दुई छोरीलाई सोही गाउँको मिनरल वाटर कम्पनीमा काम लगाइदिएका छन्। उनीहरूको तलब तत्कालका लागि खानबस्न र १०
Posted inSamachar
हायु परिवारका ५ जनाले होटल र पानी कम्पनीमा थाले काम, ५ केटाकेटी स्कुल भर्ना

