राष्ट्रिय स्वतन्त्र पार्टीले लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको स्पष्ट पारेको छ। प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने रास्वपाको नीति रहेको बताएका हुन्। भदौ २३ र २४ गते को जेनजीको प्रदर्शनमा नृशंस दमन तथा मानव अधिकार उल्लंघनसँगै गम्भीर मानवीय अपराध हो भन्ने रास्वपाको ठहर छ।'विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने नागरिकको मौलिक हक उल्लंघन गर्दै तत्कालीन सरकारबाट भदौ २३
Posted inSamachar
हिंसात्मक प्रदर्शन हाम्रो नीति होइन, आगजनी र तोडफोड गर्नेमाथि कारबाही गरियोस्: रास्वपा

