सोमबार तोलामा १९ घटेको सुनको मूल्य आज फेरि व्यापक मात्रामा बढेको छ। तोलामा पाँच हजार दुईसय रुपैयाँ बढेर सुनको भाउ आज दुई लाख ४७ हजार नौसय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।हिजो सुनको मूल्य तोलाको दुई लाख ४२ हजार सातसय रुपैयाँ थियो। गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ८५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार दुईसय रुपैयाँ पुगेको महासंघले जनाएको छ।&nbs
Posted inSamachar
हिजो तोलामा १९ सय घटेको सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदीको भाउ पनि उच्च

