हिजो तोलामा पाँच हजार दुईसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि बढेको छ। सुनको मूल्य आज तोलामा नौसय रुपैयाँ बढेर दुई लाख ४८ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार तोलामा १९ सय घटेको सुनको मूल्य हिजो र आज गरेर ६१ सय रुपैयाँ बढेको हो। हिजो सुनको भाउ तोलाको दुई लाख ४७ हजार नौसय रुपैयाँ थियो। गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।आज चाँदीको मूल्य पनि बढेको छ। तोल
Posted inSamachar
हिजो तोलामा ५२ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो

