हिजो बढेको सुनको मूल्य आज फेरि घटेको छ। सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घटेको हो। गएको आइतबारदेखि लगातार घटेको सुनको मूल्य हिजो थोरै बढेको थियो। सुनको भाउ आज तोलाकाे एक लाख ९६ हजार दुईसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य तोलाको एकलाख ९६ हजार आठसय रुपैयाँ थियो। यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ र
Posted inSamachar
हिजो बढेको सुनको मूल्य आज फेरि घट्यो, चाँदी पनि सस्तियो

