काठमाडौँको नक्सालमा रहेको हिल्टन होटलमा आगजनी भएको छ। आक्रोशित प्रदर्शनकारीको समूहले हिल्टनमा आगजनी गरेका हुन्। सोमबार जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि थप आक्रोशित भएका प्रदर्शनकारीले मंगलबार देशभर प्रदर्शन तीव्र पारेका छन्। अहिले प्रदर्शनकारीको निशानामा नेताका घर र पार्टी कार्यालय परेका छन्। उनीहरूले घरहरूमा आगजनी गरिरहेका छन्।
Posted inSamachar
हिल्टन होटलमा आगजनी

