हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण गरिएको छ। चार करोड ९८ लाख रुपैयाँ लागतमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो। पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैसीलेका अनुसार बयालीस मिटर लम्बाइको बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा छ। ३.१५ मिटर उचाइको पुलमा तीनवटा प्यानल र तीनवटा डेक राखिएको छ। लोतीखोलामा पुल नहुँदा स्थानीयवासी समस्यामा रहेका थिए। हिउँदयाममा खोलामा पानी घटेपछि खोलाबाटै सवारीसाधन वारपार गर्दथे भने हल्का सवार
Posted inSamachar
हुम्ला-मुगु लिंक रोड: लोतीखोलामा ‘बेलीब्रिज’ जडान

