आपराधिक पृष्ठभूमि भएका राजु गोर्खाली पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई आज आइतबार पक्राउ गरेको एसपी अपीलराज बोहोराले जानकारी दिए।उनी नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन्। उनलाई प्रहरीले बैंकिङ कसुरको मुद्दामा अनुसन्धान गर्न पक्राउ गरेको जनाएको छ। उनीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी छ। उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। प्रहरीले उनीमाथि बैंकिङ कसुरको मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी गरिरहेको
Posted inSamachar
१० करोडको चेक बाउन्समा राजु गोर्खाली पक्राउ

